Latest
img

कोहलपुरमा रहेको कोहलपुर सिटि एकेडेमीको एनुअल स्पोर्ट्स मिट आज बाट सुरु।

कोहलपुरमा रहेको कोहलपुर सिटि एकेडेमीको एनुअल स्पोर्ट्स मिट आज बाट सुरु भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमालले  पानसमा बत्ती बालेर हमालले एनुअल स्पोर्ट्स मिटको उद्दघाटन गर्नु भएको थियो । हमालले कार्यक्रमको मुल ब्यानर खोल्दै उक्त ब्यानर पढेर सुनाउनु भएको थियो । माघ १९ गते देखि सुरु भएको एनुअल स्पोर्ट्स मिट माघ २३ गते सम्म संचालन हुने बिधालयका प्रीन्सिपल तथा संचालक प्रशान्त रिजालले बताउनु भयो । कार्यक्रममा रामजानकी पुस्तक पसलका संचालक बिकास न्यौपाने र प्रशिद्द एब्रोड कन्सलटेन्सिका  का संचालक एसपि बुढाको विशिष्ट अथितीको रूपमा उपस्थिति रहेको कार्यक्रममा प्रमुख अथिती कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमाल रहनु भएको थियो । ३ दिन संचालन हुने कार्यक्रममा चेस , लुडो , क्रीकेट , भलीबल , फुटबल , रनिङ , हाइजम्प , लङ्गजम्प , कबड्डि , स्किपिङ , ब्याडमिन्टन लगयत अन्य खेलकुद  समाबेश गरिएको  बिधालयका एम. डि डिबि खत्रीले साहारा टिभिलाई बताउनु भयो । एनुअल स्पोर्ट्स मिट कार्यक्रम संचालन  भाइस प्रीन्सिपल आवस बिकम क्षत्रीले गर्नु भएको थियो

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment