Latest
img

निलसागर सेवाश्रम कोहलपुरले छैठो बार्सिकउत्सव मनायो ।

निलसागर सेवाश्रम कोहलपुर बाँकेले आफ्नो छैटौं बार्सिकउत्सव तथा स्नेहमिलन आज भब्यरूपमा मनाइएको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य रहनु भएको कर्यकममाको सभाअध्यक्ष निलसागरकि अध्यक्ष  डाक्टर सरिता निलसागर रहनु भएको थियो । स्वागत मन्त्यब अन्जु निलसागरले राख्नु भएको  कार्यक्रमको विशिष्ट अतिथि कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी , ईलाका प्रहरी कोहलपुर प्रमुख सुन्दर तिवारी , कोहलपुर नगरपालिका वडा न ५ अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायत अन्य ब्यक्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले आफ्नो कार्यकाल भित्र निलसागर सेवाश्रमको लागि भवन निर्माणमा सहयोग गर्ने बताउनु भएको छ । निलसागर गरेको काम सबैकालागि अनुकरणीय भएको र सबैले आफ्नो तहतप्का बाट सकिने मानबसेवा गर्न आग्रह गर्नु भएको हो । मानबले मानबलाइ मानबकै रूपमा व्यबहार गरौ भन्ने उद्देश्यका स्थापना भएको सस्थाले असहाय ,अशक्त अभिभावक बिहिन ,मनोसामाजिक ग्रसित ब्यक्तीहरुको संरक्षण गर्दै आएको छ ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment