Latest
img

आमाले मोबाइल फुटाइदिएको भन्दै कोहलपुरमा किशोरीले गरिन आत्महत्या ।

कोहलपुर नगरपालिका ९ पिपरी दुग्ध सस्थानको कम्पाउन्ड भित्र १५ वर्सिय किशोरी निर्मला पुनले रुखमा झुन्डिएर आत्महत्या गरेकी छन । त्रिभुवन माध्यमिक बिधालय कोहलपुरमा कक्षा ९ मा अध्यनरत छात्रा निर्मला पुन रुखमा झुन्डिएको अबस्थामा देखिपछी दुग्ध बिकास सस्थानका सेक्युरिटी गार्डले प्रहरीलाई खबर गरेका थिए । धेरै मोबाइल चलाएको भनेर निर्मलाकी आमाले मोबाइल फुटाइदिएपछी आमा सङ्ग रिसाएर उनी घरबाट भागेको र रातभरि खोज्दापनि नभेटिएको स्थानीयले बताए  । स्थायी घर रुकुम भएकी निर्मला कोहलपुरको पिपरीमा कोठाभाडामा बस्दै आएकी थिइन भने निर्मला कि आमा पिपरीको मनकामना झ्यालढोका उधोगमा मजदुरको रूपमा काम गर्दै आएकी थिइन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment