Latest
img

कोहलपुरलाई शैक्षिक हब बनाउने सोच भएका मेयर पुर्ण आचार्यको बाचा गफ कि बास्तबिकता ?

कहिले रिजल्टको बिरोध गर्ने डिप्रेसनका रोगी भन्ने त , कहिले फेल भएकालाइ पास गराउने अनि कहिले पत्रकारको क्यामेरामा हान्ने इनको नाम हो कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल , कक्षा ८ को रिजल्टमा फेल भएका विद्यार्थीलाई पास गराउने शिक्षा प्रमुखको रूपमा उनिमाथी गम्भीर आरोप लागेको कुरा नभुल्दै कोहलपुर बासीलाई त्यसलगतै डिप्रेस्नका रोगी भनेपछि स्थानीय जनता बाट बिरोध आएको थियो भने बिरोध गर्ने कोहलपुरका स्थानीयलाई प्रमुख हमाल ले कोहलपुर नगरपालिकाको लेटरप्याड प्रयोग गरेर ईलाका प्रहरी कोहलपुरमा मुद्दा दायर गरेका थिए । जनस्तरबाट व्यापक बिरोधभएपछि शिक्षा प्रमुख राम बहादुर हमालले ती स्थानीय युवक सङ्ग कोहलपुरको एक होटलमा हात जोडेर माफी पनि मागेका थिए । कक्षा ८ को फेक रिजल्टका आरिपित विरुद्ध कडा रूपमा प्रस्तुत हुने भनेका कोहलपुर नगरपालिकाका मेयर पुर्न प्रसाद आचार्य गफाडी मात्र भएको स्थानीय जनताको आरोप छ । कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउने सपना बाडेका आचार्यको नगरभित्रका सामुदायिक बिधालयमा कहिले फेक रिजल्ट , कहिले एसइइमा जिरो रिजल्ट त कहिले शिक्षकले आफ्नै विद्यार्थीलाई यौनदुव्र्यवहार गर्दा समेत मौन बस्नुले मेयर आचार्य कोहलपुर नगरपालिकालाई कुन दिशातिर लैजादैछन त भन्ने पनि प्रश्नचिन्ह खडा गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment