पुष ९, २०८१ मंगलबार
नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजनामा आज भब्यरूपमा कोहलपुर महोत्सव उद्दघाटन भएको छ ।। बिश्व भरी फैलिएका हामी जनजाति हामी आदिवासी , जोगाइ राखौ भेषभुसा भासा सस्कृती भन्ने मुल नारा सहित सुरु भएको कोहलपुर महोत्सवको सभाअध्यक्ष नेपाल आदिवासी जनजाति कोहलपुर नगर समन्वय समिति अध्यक्ष कृष्ण पुन मगर रहनु भएको थियो भने महोत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने रहेको कार्यक्रमको बिशिस्ट अतिथि कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य , बिभिन पार्टीका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो । कार्यक्रममा महोत्सवका ब्यबस्थापक अजय पुन मगर गोपाल ज्युले प्रस्तावना पत्र पढेर सुनाउनु भएको थियो । कोहलपुर महोत्सवको उद्दघाटनको क्रममा कोहलपुर नगरपालिकाको गेटबाट विभिन्न झाकीसहित र्यालीलाई कोहलपुर नगर परिकर्मा गरिएको थियो । महोत्सव स्थल भित्र हात्ती प्रदशनी गरिएको थियो भने कोहलपुरको महोत्सवको इतिहासमा पहिलो पटक रसियन डान्स आन्नद यो पटक दर्शकहरुले लिन सक्ने छन। महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार नायक पल शाह , चर्चित लोकदोहोरी गायिका ज्योती मगर , मिलन नेवार , बद्री पङ्गेनी , अहिलेको चर्चित गित म त ढले ढले भन्ने गितकी गायिका शान्तीरानी परियार लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा स्कुल कलेज स्तरीय नृत्य प्रतियोगिता गर्ने र प्रथम , द्दितिय , तृतीय हुने प्रतियोगिलाइ क्रमशः नगद तीस हजार , बीस हजार , र १५ हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।
Leave A Comment