Latest
img

बैजनाथ–४ का तुलसीराम थारुको भाइको कृषि फर्मबाट व्यावसायिक उत्पादनमा वृद्धि

हिक्मत कुमार शाही कोहलपुर

 

बैजनाथ गाउँपालिका, बाँके:
बैजनाथ गाउँपालिका वडा नं. ४ निवासी तुलसीराम थारुले आफ्ना ४ जनाको परिवारसँग मिलेर ‘भाइको कृषि फर्म’ मार्फत व्यावसायिक कृषि कार्यलाई अघि बढाउँदै आउनुभएको छ। सन् २०७५ देखि सुरु भएको यो फर्म अहिले १ बिघा क्षेत्रफलमा फैलिएको छ।

तुलसीरामले फर्मका लागि बैजनाथ गाउँपालिकाको कृषि शाखाबाट अनुदान प्राप्त गर्दै १४ लाख रुपैयाँको प्रारम्भिक लगानी गरेका थिए। फर्मले मुख्यतः टमाटर, फर्सी, घिउसिमी, काउली, ब्रोकाउली, र आलु उत्पादन गर्दै आएको छ। यी उत्पादनहरूले बजारमा राम्रो माग पाएको छ।

तुलसीरामले भन्नुभयो, “शुरुमा केही चुनौती भए पनि सरकारी अनुदान र मेहनतको कारण व्यवसाय सफल भइरहेको छ।” उहाँको यो प्रयासले स्थानीय युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न प्रेरणा दिएको छ।

बैजनाथ गाउँपालिका कृषि शाखाले पनि कृषि क्षेत्रलाई व्यावसायिक बनाउन यसरी नै थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment