पुष १४, २०८१ आइतबार
हिक्मत कुमार शाही कोहलपुर
कोहलपुर-११, बाँकेमा अवस्थित कोहलपुर आँखा अस्पताल प्रा.लि.ले आफ्नो पहिलो वार्षिक उत्सव विशेष कार्यक्रमसहित मनाएको छ। २०८० पौष १३ मा स्थापना भएको यस अस्पतालले समाजसेवा र स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। वार्षिक उत्सवको प्रमुख आकर्षण रक्तदान कार्यक्रम थियो, जसमा स्थानीयको उत्साहजनक सहभागिता रह्यो।
प्रमुख अतिथिको उपस्थिति
उत्सवको प्रमुख अतिथी कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी हुनुहुन्थ्यो। उहाँले अस्पतालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवाका लागि शुभकामना व्यक्त गर्नुभयो।
सुविधाहरू
अस्पतालमा ५ वटा बेड, चश्मा र कन्फेक्ट लेन्स सेवा, भिजन थेरापी सेवा, र १० जना कर्मचारी छन्। दैनिक ओपिडी सेवा तथा विविध आँखाका समस्या समाधानका लागि यो अस्पताल कोहलपुर र आसपासका क्षेत्रमा प्रमुख गन्तव्य बनेको छ।
वार्षिक उपलब्धिहरू
अस्पतालले हालसम्म ५०४० जनालाई ओपिडी सेवा, ५२८ जनाको सफल शल्यक्रिया, र शिविरमार्फत ८३३४ जनालाई सेवा प्रदान गरेको छ। यस उपलब्धिले स्थानीय तथा क्षेत्रीय बिरामीलाई सहज उपचार सेवा दिन मद्दत गरेको छ।
रक्तदान कार्यक्रम
वार्षिक उत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० भन्दा बढी सहभागीले रक्तदान गरे। आयोजकले रक्तदानले समाजसेवामा अस्पतालको प्रतिबद्धता झल्काउने बताएको छ।
भावी योजनाहरू
अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्दै थप आधुनिक उपकरण तथा विशेषज्ञ सेवा प्रदान गर्ने योजना बनाएको छ। प्रमुख अतिथि सुवेदीले अस्पतालको यो प्रयासलाई निरन्तरता दिन नगरपालिकाको तर्फबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभयो।
Leave A Comment