पुष १४, २०८१ आइतबार
कोहलपुर नगरपालिका वडा न १ कौशिलानगर मध्यपश्चिम तालिम शिक्षालयमा कार्यरत नेपाल आर्मीको समुहले मुगु घर भएका कर्न रोकायलाई निर्घात कुटपिट गरेको बिरोधमा स्थानीयले कार्यलय घेराउ गरेका छन । भारतको कासीबाट काम गरेर घर फर्किन लागेका अन्दाजी ३५ वर्सका युवकलाई आर्मी ब्यारेकका जवानहरुले बुटले हान्दै ब्यारेक भित्र लगेर कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन । कुटपिटबाट घाइते कर्न रोकायलाई आर्मीका केही जवानले कुटेपछी नजिकको प्रतिक्षालयमा घाइते अबस्थामा छोडीदिएका थिए । घाइते रोकाय सङ्ग भएको नगद भारतीय रुपैया १ लाख ५० हजार भएको भएपनी उनको साथमा ६८ हजार नेपाली रुपैयाँ रहेको ईलाका प्रहरी कोहलपुरले बताएको छ । आर्मीको कुटाइबाट घाइते भएका मुगु घर बताउने कर्न रोकायलाई ईलाका प्रहरी कोहलपुरको टोलिले उपचारको लागि कोहलपुर अस्पताल पुर्याएको छ भने घटनाको बिसयमा बुझ्न कोहलपुर नगरपालिका वडा न १ वडाअध्यक्ष लगायत प्रहरी निरीक्षक राज कुमार भट्टको टिम आर्मी ब्यारेक प्रमुख सङ्ग छलफल गरिरहेको छ ।
Leave A Comment