पुष १५, २०८१ सोमबार
आज तमु ल्होसार देशभर गुरुङ समुदायले धूमधामका साथ मनाइरहेका छन्। यो पर्व गुरुङ समुदायको प्रमुख चाड हो, जसमा नयाँ वर्षको आगमनलाई विशेष रूपमा स्वागत गरिन्छ।
तमु ल्होसारको अवसरमा कोहलपुरमा पनि भव्य कार्यक्रम सम्पन्न भएको छ। कोहलपुरको १३ बिगाह क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। नगरपरिक्रमा गराउँदै सुरु भएको कार्यक्रममा गुरुङ समुदायले आफ्नो परम्परागत भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।
कार्यक्रममा राष्ट्रिय गायक रामजी खाणको प्रस्तुति मुख्य आकर्षण बन्यो। उनले आफ्ना लोकप्रिय गीतहरू गाएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरे।
त्यसैगरी, परम्परागत खाना, सांस्कृतिक नृत्य र विभिन्न खेलकुदका माध्यमबाट तमु ल्होसारलाई थप रङ्गीन बनाइएको थियो। तमु ल्होसारले समुदायबीचको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले कोहलपुर लगायत देशभर नै यो चाड उल्लासमय रूपमा मनाइएको छ।
साहारा टिभी खबर
Leave A Comment