पुष १७, २०८१ बुधबार
कोहलपुर, पुस १७:
कोहलपुर महोत्सवको ९औं दिन चर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो शानदार प्रस्तुति दिएर दर्शकलाई उत्साहित बनाए। नेपाल आदिवासी जनजाति महासंघ, कोहलपुर नगर समन्वय समितिको आयोजनामा जारी महोत्सवमा पंगेनीले आफ्नो चर्चित गीत “रातो पछ्यौरी” लगायतका अन्य गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रममा पंगेनीका गीतहरूमा स्थानीय युवा, महिलादेखि वृद्धसम्मले उत्साहका साथ नाचगान गरेका थिए। उनका जोशिला प्रस्तुतिले महोत्सवको माहोल थप रौनकपूर्ण बनायो।
महोत्सव सुरु भएको मिति पुस ९ गते भए पनि बढ्दो जनसहभागिता र उत्साहका कारण महोत्सव थप ३ दिनसम्म लम्ब्याउने आयोजक समितिले जानकारी दिएको छ।
कोहलपुर महोत्सवले स्थानीय उत्पादन, हस्तकला, संस्कृति, र मनोरञ्जनलाई प्रवर्द्धन गर्दै कोहलपुरलाई आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
Leave A Comment