Latest
img

राष्ट्रिय टोपी दिवस कोहलपुरमा भव्य रूपमा सम्पन्न

कोहलपुर, पुस १७:
राष्ट्रिय टोपी दिवस कोहलपुरमा विशेष उत्साहका साथ मनाइएको छ। सचेत युवा समूहको आयोजनामा भएको कार्यक्रममा कोहलपुरका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली संस्कृति र पहिचानको प्रतीक राष्ट्रिय टोपीको महत्वलाई व्यापक रूपमा प्रस्तुत गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर व्यापार संघका अध्यक्षले भने, “टोपी दिवसको लागि मात्र टोपी लगाउनुको अर्थ छैन। यो हाम्रो दैनिकीको हिस्सा बन्नुपर्छ।”

त्यस्तै, कोहलपुर जेसिज २०२५ का नवनियुक्त अध्यक्ष दिपेन्द्र कठायतले टोपीलाई नेपाली पहिचानको प्रतीक भन्दै यसको निरन्तरतामा जोड दिए। उनले भने, “टोपी हाम्रो मौलिक संस्कृति हो। यसलाई संरक्षण गर्नु हरेक नेपालीको दायित्व हो।”

कार्यक्रमका अर्का वक्ता कोहलपुर नगर सञ्जालका अध्यक्ष रमेश बरले भने, “टोपी हाम्रो पुर्खाको सान हो। यसलाई जोगाउने जिम्मेवारी आजको युवापुस्तामा छ।”

नेपालभर मनाइएको राष्ट्रिय टोपी दिवसले विदेशमा रहेका नेपालीहरूको पनि मन जितेको छ। नेपाली समुदायहरूले विदेशमा पनि यस दिवसलाई मनाउँदै आफ्नो संस्कृतिप्रतिको सम्मान प्रकट गरेका छन्।

टोपी दिवसको यो विशेष कार्यक्रमले नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्न सबैलाई प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment