Latest
img

कोहलपुरका बिकटबस्तिमा निशुल्क उपचार गर्दै डाक्टर चेतन न्यौपाने ।

डाक्टरलाई हाम्रो समाजले भगवानको रुप दिएको सायद त्यसै होइन , किनभने डाक्टरले बिरामीको ज्यान बचाउने भएर नै डाक्टरप्रती हाम्रो छुट्टै श्रद्धा छ । पुसको चिसो दिन शनिबारको छुट्टी धेरै जना मान्छेहरु कोहि रमाइलो गर्दै होलान , कोहि मेलामहोत्सवमा ब्यस्त होलान तर डाक्टर चेतन न्यौपाने र शहरी स्वास्थ सेवा केन्द्र प्रमुख सुधन बुढाथोकीको टिम भने कोहलपुर लखनाको बिकट थारुबस्तिमा बिरामीहरुको निशुल्क चेकजाँच गरिरहनु भएको थियो । साथमा कोहलपुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष ठग्गा थारु र वडा सदस्य सबिता थारुले आफ्ना वडामा रहेका बिरामीहरुलाइ निशुल्क चेकजाँचमा सघाइरहनु भएको थियो । डाक्टर चेतन न्यौपानेको आज नै छोरीको जन्म भएको थियो छोरीको अवस्था नाजुक भएर आइसियुमा छोडेर डाक्टर न्यौपाने भने बिहानको चिसोको प्रबाह नगरेर बिरामीको निशुल्क उपचारमा लाग्नुले पनि डाक्टर भगवानको रुप हुन भन्ने प्रष्ट पार्दछ । नसाको क्यान्सरको अप्रेसन भएको कारण थला परेका वडा ७ का १८ वर्सिय भुबेन्द्र थारु अस्पताल जान गारो भएको अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टर न्यौपानेलाई बिरामीको घरमा गएर चेकजाँचको ब्यबस्था गरिएको स्वास्थ सेवा केन्द्र प्रमुख सुदन बुढाथोकीले बताउनु भयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment