Latest
img

हुस्सु र कुहिरोबाट दुर्घटना कम गर्न इरिक्सा र बाइकमा ट्राफिक प्रहरीले टास्यो रिफ्लेक्टिभ स्टिकर ।

 

कोहलपुर, बाँके – चिसो मौसममा हुस्सु र कुहिरोले दुर्घटनाको जोखिम बढ्ने भएकाले इरिक्शा सुरक्षाका लागि विशेष सचेतना कार्यक्रम कोहलपुर न्युरोडचोकमा सम्पन्न भएको छ। सचेत युवा कोहलपुरको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी  कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, र कोहलपुर नगरप्रहरीको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा इरिक्शा चालकहरूलाई ट्राफिक नियम पालन गर्न प्रेरित गर्दै इरिक्शामा रिफ्लेक्टिभ स्टिकर टासिएको छ।   । चिसो मौसममा कुहिरोले गर्दा दुर्घटनाको जोखिम बढी हुने भएकाले यस्तो स्टिकरले राति र कुहिरोमा इरिक्शाको देखिने क्षमता सुधार गर्ने आयोजकले बताएका छन्।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशमलाल भण्डारीले “सडक सुरक्षा सबैले पालना गर्नुपर्ने जिम्मेवारी हो। इरिक्शा जस्ता सार्वजनिक यातायातका साधनले थप सावधानी अपनाउनुपर्छ,” भन्नुभयो।

त्यस्तै, कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले इरिक्शा सुरक्षाको महत्वलाई जोड दिँदै, “यात्रु सुरक्षाका लागि इरिक्शा चालकले गति नियन्त्रण, स्टिकरको प्रयोग, र नियमको पालना अनिवार्य गर्नुपर्छ,” भन्नुभयो।

कार्यक्रमले इरिक्शा दुर्घटनालाई कम  गर्न चालकहरूलाई सचेत बनाउँदै ट्राफिक सुरक्षाको महत्त्वबारे जानकारी दिएको छ। सहभागीहरूले यस्ता सचेतना कार्यक्रमले इरिक्शा सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment