Latest
img

चिया बेचेर श्रीमतीलाइ ब्याचलर्स पढाइरहेका अछामका जनक जैशी

हिमांशु शाही कोहलपुर

कोहलपुरको पुरानो बसपार्कमा बिहान ४ बजेदेखि थर्मसमा तातो चिया लिएर सक्रिय देखिने युवक जनक जैशीको संघर्षले धेरैलाई प्रेरणा दिनेछ। अछाम जिल्लाका स्थायी बासिन्दा २१ वर्षीय जैशी विगत ८ वर्षदेखि कोहलपुरमा चिया बेच्दै आफ्नो परिवारको जिविकोपार्जन गरिरहेका छन्।

कक्षा ८ सम्म मात्र औपचारिक शिक्षा प्राप्त गरेका जनकको मेहनतले उनलाई अब्बल उद्यमी बनाएको छ। उनी दैनिक बिहानै उठेर थर्मसमा चिया हालेर कोहलपुरका चोक-चोकमा पुग्छन्। बिहान ४ बजेदेखि राति ७ बजेसम्मको परिश्रमबाट उनले आफ्नो खर्च कटाएर मासिक १५,००० रुपैयाँ बचत गर्न सक्षम भएका छन्।

जनकले आफ्नो व्यापार बाट

आफ्नो परिवारको भविष्य निर्माणमा पनि योगदान पुऱ्याएका छन्। श्रीमतीलाई उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्दै, उनी अहिले श्रीमतीलाई ब्याचलर तहको पढाइ गराइरहेका छन्। यो सबै उनले आफ्नो इमानदारी र परिश्रमको बलमा सम्भव बनाएका हुन्।

“मेरो लक्ष्य ठूलो छैन, परिवारलाई खुशी र सुरक्षित बनाउनु हो। चिया बेचेर मैले यो सम्भव बनाउन सकेको छु,” जनकले हामीसँगको कुराकानीमा भने।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment