Latest
img

थारु समुदायको माघ मिलन कार्यक्रम कोहलपुरमा भव्य रूपमा सम्पन्न, २०० जनालाई कम्बल वितरण

 

कोहलपुर, माघ ५ – थारु समुदायको भाषा, कला, र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाको वडा नं. २, रत्न राजमार्गस्थित मनकामना चोकमा माघ मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

यस कार्यक्रमको प्रमुख अतिथीको रूपमा कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत उपस्थित थिए। उहाँले कार्यक्रमको उद्घाटन गर्दै थारु समुदायको भाषा, संस्कृति र परम्पराहरूको संरक्षणमा कोहलपुर नगरपालिका आफ्नो पूर्ण समर्थन दिने प्रतिबद्धता जनाएका थिए। उहाँले थारु समुदायका विभिन्न सांस्कृतिक गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा थारु संवत २६८८ को अवसरमा थारु परम्परागत सांस्कृतिक झाँकी, नृत्य, र परिकारहरूको प्रदर्शनी मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो। “राष्ट्रिय एकता व विविधता हमर शान, थारु भाषा, संस्कृति बचैना हमर अभियान” भन्ने नारासाथ सम्पन्न भएको यस कार्यक्रमले थारु समुदायको मौलिक पहिचानलाई उजागर गरेको छ।

कार्यक्रममा थारु समुदायका स्थानीय परिकारहरू जस्तै घोंगी, तामा, रोटा, र स्थानीय सामग्रीबाट बनेका अन्य परिकारहरूको प्रदर्शनी तथा स्वादको व्यवस्था गरिएको थियो। सांस्कृतिक नृत्य र झाँकीहरूले कार्यक्रमलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।

यस प्रकारको कार्यक्रमले थारु समुदायको सांस्कृतिक धरोहरको महत्वलाई जनचेतना र संरक्षणको दिशा प्रदान गरेको छ।

कम्बल वितरण

कार्यक्रमको अवसरमा रु २ लाख बराबरको बलाङ्केट २०० जना विपन्न परिवारलाई वितरण गरिएको थियो। यस पहलले वडाभित्रका गरिब र असहाय परिवारहरूलाई शीतकालीन समयमा राहत पुर्याएको छ। कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले यस कार्यको महत्त्वपूर्ण भूमिका को व्यक्त गर्दै भविष्यमा पनि वडाभित्रका गरीब परिवारहरूको सहयोग गर्ने योजना रहेको बताउनुभएको थियो।

कमला मल्ललाई सम्मान पत्र

कम्बल सहयोग गर्नु भएकोमा कमला मल्ललाई वडा नं. २ द्वारा सम्मान पत्र प्रदान गरिएको थियो। उहाँले गरिब र असहाय परिवारहरूको सहायतामा गरेको योगदानको कदर गर्दै यो सम्मान दिइएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment