माघ २२, २०८१ मंगलबार
कोहलपुर, माघ २२ – कोहलपुर जूता चप्पल व्यवसायी संघले आफ्नो ५औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रामजानकी राधाकृष्ण संस्कृत गुरुकुलका विद्यार्थीहरूलाई सहायता वितरण गरेको छ।
संघका अध्यक्ष पुन्य प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममार्फत गुरुकुलका ३५ जना विद्यार्थीलाई जूता चप्पल, ट्र्याकसुट, र फलफूल प्रदान गरियो। साथै, होमनाथ आचार्यले व्यक्तिगत रूपमा साबुन वितरण गरेका थिए भने पुष्पाञ्जली ब्याग हाउसले विद्यार्थीहरूलाई ब्याग प्रदान गरेको थियो।
संघका पदाधिकारीहरू उपाध्यक्ष टिकाराम देबकोटा, सचिव नीलकण्ठ घिमिरे, र कोषाध्यक्ष प्रेम प्रसाद पाण्डेको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
अध्यक्ष पुन्य प्रसाद तिवारीले भने, “यो कार्यक्रम केवल सहायता प्रदान गर्ने उद्देश्यले मात्र नभई समाजप्रतिको हाम्रो उत्तरदायित्वको प्रतिबिम्ब हो। विद्यार्थीहरूलाई सहयोग गरेर उनीहरूको भविष्य निर्माणमा सानो योगदान दिन पाउनु हाम्रो लागि गर्वको विषय हो।”
कार्यक्रमले स्थानीय समुदाय र गुरुकुल व्यवस्थापनबाट पनि प्रशंसा पाएको छ। संघले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Leave A Comment