Latest
img

नेशनल प्याब्सन बाँकेद्वारा आयोजित अन्डर-१२ फुटबल कप २०८१ कोहलपुरमा सुरु

कोहलपुर, बाँके – नेशनल प्याब्सन बाँकेको आयोजनामा अन्डर-१२ फुटबल कप २०८१ आजदेखि भव्य रूपमा सञ्चालनमा आएको छ। कोहलपुर-२, तेह्र बिगाहस्थित खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका केन्द्रिय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

प्रतियोगिता उद्घाटनको अवसरमा कोहलपुर पिपलचौताराबाट र्याली, पञ्चेबाजा र मयूर नृत्य सहित नगर परिक्रमा गरिएको थियो। नगर परिक्रमा पछि खेलमैदानमा पुगेर औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री चौधरीसँगै कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगर खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, वडा नम्बर २ का अध्यक्ष हरि कठायत, अभिभावकहरू, विद्यार्थी र प्याब्सनसँग आबद्ध विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

प्रतियोगितामा ३७ विद्यालयका ५५५ विद्यार्थी खेलाडीहरू सहभागी हुँदैछन्। खेलकुद प्रतिस्पर्धालाई थप रोचक बनाउन विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।

पुरस्कार विवरण:

पहिलो स्थान: २५,००० रुपैयाँ

दोस्रो स्थान: १५,००० रुपैयाँ

सेमिफाइनल टिमहरू: जनही १०,००० रुपैयाँ

यस्तै, व्यक्तिगत उत्कृष्ट प्रदर्शनका लागि पनि पुरस्कार व्यवस्था गरिएको छ।

वेष्ट किपर, स्कोरर, डिफेन्डर र मिडफिल्डर: जनही १,००० रुपैयाँ

उत्कृष्ट खेलाडी (फेयर प्लेयर): ५,००० रुपैयाँ

कोहलपुर एन प्याब्सन नगर अध्यक्ष विष्णु केसीका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत विद्यार्थीहरूको मानसिक र शारीरिक विकासमा योगदान पुर्‍याउनु हो।

प्रतियोगिता एक सातासम्म सञ्चालन हुने छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment