Latest
img

घरको गेट फोडेर गाडीले ठक्कर दिदा नेपालगन्जमा एकको मृत्यु ।

नेपालगन्ज, बेलासपुर – बाँकेको नेपालगन्ज बेलासपुरमा घरको गेट तोडेर पिकअप भ्यानले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

मंगलबार बिहान घरको सामान ओसार्न आएको मिनी भ्यान (ना. भे. १ च ३८९५) ब्याक गर्ने क्रममा अनियन्त्रित भई घरको फलामे गेट फोडेर भित्र छिरेको थियो। उक्त घटनामा घरभित्र खेलिरहेका ५ वर्षीय दृश्य बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ। साथै, घरमा रहेका अन्य तीन जना गम्भीर घाइते भएका छन्, जसको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार मृतक दृश्य बुढाथोकीका बुवाको पनि ८ महिना अघि निधन भएको थियो, जसले परिवारलाई थप शोकमा डुबाएको छ।

दुर्घटना गराउने पिकअप भ्यानका चालक कोहलपुर-२ निवासी सुरत चौधरी र नेपालगन्ज निवासी रियाखत अलि लाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment