फागुण २४, २०८१ शनिबार
हिमान्शु शाही कोहलपुर
कोहलपुरमा सम्पन्न तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार क्लब नवलपरासीले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक रेसिङ साहारा क्लब कोहलपुरलाई २-० गोलले पराजित गर्दै राइजिङ स्टार नवलपरासीले प्रतिष्ठित उपाधि आफ्नो बनाएको हो।
कोहलपुरको तेर्हबिगाहा मैदानमा करिब ४ हजार दर्शकको उपस्थितिमा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटको समयमा राइजिङ स्टारका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भए। अर्कोतर्फ, आयोजक रेसिङ साहारा क्लबले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा समर्थकहरू निराश बने।
व्यक्तिगत उपाधि विजेता
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरू सम्मानित भए।
बेस्ट डिफेन्डर: चेतन थारु (राइजिङ स्टार नवलपरासी)
बेस्ट गोलकिपर: प्रतिक सुनार (राइजिङ स्टार नवलपरासी)
सर्वाधिक गोलकर्ता: बिनोद कोर (राइजिङ स्टार) र धनसिंह बिक (काक्रेबिहार क्लब सुर्खेत)
उत्कृष्ट प्रशिक्षक: सन्जिब केसी (राइजिङ स्टार नवलपरासी)
प्लेयर अफ टुर्नामेन्ट: बिनोद केसी (रेसिङ साहारा क्लब कोहलपुर) – जसलाई नगद ५१ हजार रुपैयाँ प्रदान गरियो।
विजेता र उपविजेतालाई आकर्षक पुरस्कार
प्रतियोगिताको विजेता बनेको राइजिङ स्टार क्लब नवलपरासीले ८ लाख रुपैयाँ नगदसहित उपाधि ट्रफी हात पार्यो भने उपविजेता रेसिङ साहारा क्लब कोहलपुरले ४ लाख रुपैयाँ नगद र मेडल प्राप्त गर्यो।
यो प्रतियोगिताले कोहलपुरमा फुटबलको लोकप्रियता बढाएको छ भने युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
Leave A Comment